हेटौंडामा कवि निमेष र एलनद्धारा युगल कविता बाचन

५ माघ २०७५, शनिबार १८:१०

सिधाखबर \ मकवानपुरको हेटौँडामा युगल कविता कार्यक्रम सम्पन्न भएको छ । यस हेटौँडाको आयोजनामा भएको कार्यक्रममा कवि निमेष निखिल र कवि तथा पत्रकार रामकुमार एलनले कविता प्रस्तुत गरेका छन् । कार्यक्रममा एलन तथा निखिलले आफ्नो पाँच–पाँच वटा कविताहरु प्रस्तुत गरेका थिए । प्रत्येक एक कविता वाचन पछि उक्त कवितामाथि टिप्पणी समेत गरिएको थियो भने कविताको विषयमा कवि एसके निधन तथा मसान उपासकले कवि एलन र निखिललाई प्रश्न समेत गरेका थिए ।

कविता वाचन कार्यक्रमहरुमध्ये फरक खालको कार्यक्रमको स्वाद दिने गरि कार्यक्रमको आयोजना गरिएको हो । रिडर्स क्लबको रुपमा आफ्नो पहिलो कार्यक्रम गरेको यश हेटौँडाले आगामी दिनमा समेत नियमित कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रममा कवि एलनले सम्पादक घाँस खादैन, बा एक हजार उधारै रह्यो, राँक्किएका रोमप्रसाद सहित पाँचवटा कविता प्रस्तुत गरेका थिए भने निखिलले उ हराएको सूचना, शान्तिको खोज, संगति पर्खेर सहित पाँचवटा कविता प्रस्तुत गरेका थिए । कार्यक्रमको विषयमा कवि पुष्प परागले जानकारी गराएका थिए । कार्यक्रममा प्रदेश ३ का प्रदेशसभा सांसद मुनु सिग्देल, ओम घलान, मकवानपुरका अग्रज कवि तथा साहित्यकारहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*