गजल यात्राको १५१ औं शृङ्खला सम्पन्न

५ माघ २०७५, शनिबार १८:१४

सिधाखबर \ गजल मञ्च मकवानपुरले प्रत्येक महिनाको पहिलो शनिबार आयोजना गर्दै आएको गजल यात्राको १५१ औं शृङ्खला सम्पन्न भएको छ । मकवानपुरका करिब १ दर्जनभन्दा बढी गजलकारले आफ्ना गजल बाचन गरेका थिए । मञ्चका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक तथा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गीतकार तुल्सी घिमिरे, पुरुषोत्तम आचार्य, श्रीराम अधिकारी, मीनप्रसाद लामिछाने, सुनिल गौतम, अनिता न्यौपाने, मञ्चका सचिव केशब समर्पण, अनिश न्यौपाने भावना, विशाल अधिकारी आशुतोष, केशब खड्का, मनु रेग्मी आशा, सञ्जीत श्रेष्ठ, कुबेर पराजुलीलगायतकाले गजल बाचन गरेका थिए । कार्यक्रममा हास्यब्यङ्ग्यकार आरसी रिजाल, राजकुमार लामिछाने, मञ्चका संरक्षक मुक्तिगोविन्द वैद्य, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष अप्सरा तिमल्सिना, साहित्यकार सुवास खनाललगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*