• २०७७ फाल्गुण १५, शनिबार
  • अब हेटौंडाबाट नै सवारी दर्ता,लाइसेन्स, ब्लुबुक,र परमिट सेवा सुरु

    ९ माघ २०७५, बुधबार १९:५९

    सिधाखबर \ यातायात सम्बन्धी सम्पूर्ण कार्यहरु अब हेटौँडाबाट हुने भएको छ । यसअघि हेटौँडामा सामान्य काम मात्र भईरहेकोमा अबदेखि सवारी दर्ता, सवारी चालक अनुमति पत्र तथा रुट परमिट लगायतका कामहरु हेटौँडाबाट हुने भएको हो । यातायात व्यवस्था सेवा कार्यालयको हेटौँडामा स्तरोन्नति गरी सेवा सुचारु हुने भएपछि यातायात सम्बन्धि सेवा लिन काठमाडौँ तथा अन्य प्रदेश जानु पर्ने बाध्यताको अन्त्य भएको हो ।

    आज हेटौँडामा यातायात व्यवस्था सेवा कार्यालयको स्तरोन्नति सहित नयाँ कार्यालयको शुभारम्भ गर्नु हुँदै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पाएको अधिकार यस कार्यबाट सुरु गरिएको बताए । मुख्यमन्त्रि पौडेलले तत्काल पर्याप्त कर्मचारी नभएकोले सेवा प्रवाहमा ढिला भए पनि प्रभावकारी हुने दावी गरे । कार्यक्रममा यातायात व्यवस्था कार्यालयका प्रमुख पोषण थापाले निजी तथा भाडाको दुई जना सवारी चालकलाई ब्लु बुक दिएर सेवाको शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा मुख्यमन्त्रिका राजनैतिक सल्लाहकार जेयन थपलिया, मुख्यसचिव आनन्दराज ढकाल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशलकिशोर झा लगायतको उपस्थिति रहेको थियो ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *