अन्तरक्याम्पस कविता प्रतियोगितामा मकवानपुर क्याम्पसका अनिल प्रथम

१२ माघ २०७५, शनिबार १७:१७

सिधाखबर \ नेपाल लेखक संघ मकवानपुरले शहिद सप्ताहको उपलक्ष्यमा आयोजना गरेको जिल्ला स्तरीय अन्तरक्याम्पस कविता प्रतियोगितामा मकवानपुर बहुमुखी क्याम्पसका अनिल कोइराला प्रथम भएका छन्, । हेटौंडा शनिबार भएको प्रतियोगितामा भुटनदेवी माध्यामिक विद्यालयका विशाल तिमल्सिना द्धितिय, हेटौडा क्याम्पसकी मेनुका तिमल्सिना तृतिय र वन विज्ञान अध्ययनका शुभाषिस भट्टराई सान्त्वना भएका छन ।

प्रतियोगितामा १० जना सहभागी रहेको थियो । कार्यक्रममा प्रथमलाई २ हजार, द्धितियलाई १ हजार ५ सय , तृतियलाई १ हजार र सान्त्वनालाई ५ सय रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका प्रमुख सामाजिक विकास महाशाखाका प्रबन्धक भिमप्रसाद तिमल्सिना, आँचंल साहित्य कला पुञ्जका अध्यक्ष अप्सरा तिमल्सिना, साहित्य सगंम मकवानपुरका अध्यक्ष निमेश निखिलको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल लेखक सघं मकवानपुरका अध्यक्ष विष्णु प्रसाद गौतमको अध्यक्षता भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*