रेलिमाईमा मरिश्का र निराजनको जोडी

१५ माघ २०७५, मंगलवार १३:१७

सिधाखबर \ गायिका राधिका विष्टले रेलिमाई बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । मिले आर्ट्सको प्रस्तुती रहेको भिडियो राधिका विष्टको अफिसियल युट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो । सार्वजनिक गीतमा शब्द तथा सङ्गीत पनि गायिका विष्टको नै रहेको छ । अस्ट्रेलियामा बस्दै आएकी गायिका राधिका विष्ट सङ्गीतमा सक्रिय छिन् । निकेश खड्काले निर्देशन गरेको भिडियोमा मरिष्का पोखरेल र निराजन प्रधान फिचर छन् । भिडियोलाई उत्तम हुमागाई र प्रनेश शाक्यले खिचेका हुन् भने सम्पादन र कलरको काम प्रवीण श्रेष्ठले गरेका छन् । उक्त गीत गायिका विष्टको गाउने धुन २ एल्बममा समावेश रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*