भेनेजुयला विज्ञप्तिमा कसैले मलाई फसाएको होइन : अध्यक्ष दाहाल

१९ माघ २०७५, शनिबार ०६:१०

सिधाखबर / पूर्वप्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दक्षिण अमेरिकी मुलुक अमेरिकाबारे दिएको विज्ञप्तिमा आफू अहिले पनि अडिग रहेको बताएका छन्।

शुक्रबार साँझ दाहालको निजी सचिवालयले केही सञ्चारमाध्यमहरूमा  विषयलाई अतिरञ्जित ढंगले तोडमरोड गरी भ्रम सिर्जना गर्न खोजेको प्रति गम्भीर ध्यानार्षण भएको छ। सचिवालयले यस्ता भ्रामक र कपोलकल्पित समाचारको पछि नलाग्न सबैमा आग्रह गरेको छ।

यसअघि शुक्रबार प्रकाशित अन्नपूर्ण दैनिकले ‘मलाई फसाइयो: दाहाल’ शीर्षकमा समाचार छापेको थियो।

‘त्यो समाचारमा आएजस्तो कसैले मलाई फसाएको होइन भन्ने उहाँको कुरा हो। जे कुरा विज्ञप्तिमा छ त्यो नै आधिकारिक हो,’ दाहालको सचिवालयका एक सदस्यले  भने। यसअघि अघिल्लो शुक्रबार दाहालले विज्ञप्ति निकाल्दै निर्वाचनबाट चुनिएका वैधानिक राष्ट्रपति निकोलस मुडुरोलाई मान्यता नदिई आफूलाई राष्ट्रपति घोषणा गरेका हुवान गुवाइदोलाई वैधानिकता दिएको भन्दै अमेरिकी कदमप्रति आपत्ति जनाएका थिए।

उनले भनेका थिए- भेनेजुयलाका जनता, राष्ट्रको सार्वभौमसत्ता र चुनावबाट निर्वाचित वैधानिक राष्ट्रपतिका पक्षमा नेकपाले यो विज्ञप्ति जारी गरेको छ। भेनेजुयलाका जनतालाई विभाजित गरी प्रजातन्त्र, सार्वभौमसत्ता र शान्तिलाई चुनौती दिई हिंसा बढाउने मनसायसहित भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिका र उसका गठबन्धन राष्ट्रले गरेको हस्तक्षेपको नेकपा भत्सर्ना गर्दछ।

दाहालको विज्ञप्तिपछि काठमाडौंस्थित अमेरिकी दूतावासले सरकारको ‍औपचारिक धारणा माग गरेको थियो। मंगलबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकाल्दै कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने आफ्नो मान्यता रहेको बताएको थियो। सेतो पाटिमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*