‘लभ स्टेशन’ चैत २२ मा आउने कन्फर्म

२१ माघ २०७५, सोमबार ११:०१

सिधाखबर \ अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि यो चलचित्र चैत १ मा आउने चर्चा थियो । तर पछि आएर चलचित्रको रिलिज मिति फरबदल गरीएको थियो । अब भने यो चलचित्र आगामी चैत २२ मा आउने कन्फर्म भएको छ । सुपरस्टार अनमोल केसी स्टारर चलचित्र ए मेरो हजुर ३ चैत २९ मा आउने निश्चित भएपछि ‘लभ स्टेशन’ एक हप्ता अगाडि प्रदर्शनमा आउन लागेको हो । ‘लिलिबिली’ मा सर्वाधिक रुचाइएको जोडी प्रदीप र जसिताको प्रमुख भूमिका रहेका कारण यो चलचित्र दर्शकमाझ प्रतिक्षीत छ । उज्ज्वल घिमिरे यो चलचित्रका निर्देशक हुन् । चलचित्रमा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाललगायतको पनि अभिनय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*