याद तिम्रो धेरै आइरह्यो को म्यूजिक भिडियो निर्माण

२१ माघ २०७५, सोमबार ११:१६

सिधाखबर \ वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रियको अधर एल्वममा समाविष्ट गीत याद तिम्रो धेरै आइरह्यो को म्यूजिक भिडियो निर्माण गरिएको छ । एल्वमको पाँचौं गीत याद तिम्रो धेरै आइरह्यो सँगै अधर एल्वममा समावेश गरिएका सम्पूर्ण गीतको म्यूजिक भिडियो निर्माण कार्य सकिएको छ । यस अघि नै चार वटा गीतको भिडियो सार्बजनिक भैसकेका छन् । दोस्रो एल्वम आकृतीका लागि तयारी गर्दै गरेका प्रिय पछिल्लो समयमा चलचित्र गीत लेखन तथा आधुनिक गीती लेखनमा उत्तिकै सक्रिय रहेका छन् ।

यादतिम्रो धेरै आइरह्यो मिल्छ भने थोरै घटाइदेउ यादतिम्रो धेरै आइरह्यो… गीतको म्यूजिक भिडियो निर्देशन चर्चित कलाकार निर्मल शर्माले गरेका छन् । गीतको छायांकन वरिष्ठ छायांकार राजु के.सी.ले गरेका हुन् भने श्रृंगार निर्मला आचार्यले गरेकी छिन् । गीतको सम्पादन विरेन्द्र भाट ‘विपिन’ले गर्नेछन् । गीतमा अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनामिका चौलागाई एवं राम ढकालको अभिनय हेर्न पाइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*