कमाइमा रोनाल्डोलाई उछिन्दै शीर्ष स्थानमा मेस्सी

२५ माघ २०७५, शुक्रबार ११:०७

विश्वको उत्कृष्ट फुटबल खेलाडी मेस्सी कि रोनाल्डो भन्ने बहस विश्व फुटबलमा कायमै हुँदा पछिल्लो पटक कमाइको मामलामा भने लियोनल मेस्सीले क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् । बार्सिलोनाका कप्तानसमेत रहेका मेस्सीले एक महिनाको सात दशमलब तीन मिलियन पाउण्ड पाउने गरेका छन् । जुन युभेन्टसले रोनाल्डोलाई दिने रकमभन्दा झण्डै दोब्बर रकम हो ।

फ्रान्सेली न्यूज एजेन्सीले सार्वजनिक गरेको उत्कृष्ट १० खेलाडीको तलबमा तीन देशबाट व्यवसायिक फुटबल खेलिरहेका खेलाडी नै छन् । जसमा स्पेन, फ्रान्स र इटली रहेका छन् । जसअनुसार मेस्सीले सात दशमलब तीन मिलियन पाउण्ड पाउने गरेका छन् भने रोनाल्डोलाई युभेन्टस्ले महिनाको चार दशमलब एक मिलियन पाउण्ड दिने गरेको छ ।तेस्रो स्थानमा एट्लेटिको मड्रिडका एन्टोइन ग्रिजम्यान रहेका छन । ग्रिजम्यानले महिनाको दुई दशमलब नौ मिलियन पाउण्ड तलब पाउने गरेका छन ।

यस्तै पेरिस सेन्ट जर्मेनबाट खेलिरहेका नेइमारले महिनाको दुई दशमलब सात मिलियन पाउण्ड पाउँछन् भने बार्सिलोनाका कै अर्का खेलाडी लुइस स्वारेजले महिनाको दुई दशलमब पाँच मिलियन पाउण्ड कमाउँछन् । यस्तै रियल मड्रिडका ग्यारेथ बेलले महिनाको दुई दशलमब दुई मिलियन पाउण्ड थाप्दा फिलिप कोउन्टिन्होले दुई मिलियन तलब पाउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*