प्रजातान्त्रिक पार्कमा चार शीर्षस्थ नेताको सालिक, ६ गते प्रमबाट उद्घाटन हुने

२५ माघ २०७५, शुक्रबार १९:०४

सिधाखबर \ हेटौंडास्थित शहीद स्मारकमा नेपालका प्रजातान्त्रिक आन्दोलनका चार शीर्षस्थ नेताको पूर्णकदको सालिकसहित प्रजातान्त्रिक पार्क निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त पार्कको फागुन ६ गते प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रमका लागि तत्कालिन जिविस मकवानपुरका सभापति रामेश्वर रानाको नेतृत्वमा एक सचिवालय गठन गरिएको छ ।

नेपाल भुतपूर्व सैनिक संघले ५० लाखको लागतमा स्मारकमा प्रजातान्त्रिक पार्क निर्माण गरेको हो । भुतपूर्व सैनिक संघ अध्यक्ष नारायण कोइरालाले महामानव वीपी कोइराला र प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा तथा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको पूर्णकदको सालिक स्मारक अध्यक्ष डोरमणि पौडेललाई हस्तान्तरण गरिसकेका छन् ।

लौहपुरुष गणेशमान सिंह र मनमोहन अधिकारीको पूर्णकदको सालिक पनि स्मारक परिसरमा रहने छ । शीर्षस्थ नेताहरुको सालिक त्यहाँ रहनेछ । प्रजातान्त्रिक पार्क निर्माण गर्न शहीद स्मारक विकास समितिले भुतपूर्व सैनिक संघलाई चार रोपनी जग्गा उपलब्ध गराएको छ । प्रजातान्त्रिक पार्कको सम्पूर्ण सजावट सैनिक संघले नै गर्ने संघ अध्यक्ष कोइरालाले बताए । पहिला नै शहीद स्मारकमा जननेता मदन भण्डारीको पूर्णकदको सालिक निर्माण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*