चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई सिफारिस

२६ माघ २०७५, शनिबार १४:५३

चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि निर्माता संघका बरिष्ठ उपाध्यक्ष तथा फिल्म निर्माता केशव भट्टराईको नाम नेकपाबाट मन्त्रालयमा सिफारिस भएको छ । तत्कालिन अध्यक्ष निकिता पौडेलले राजिनामा गरेपछि रिक्त रहेको अध्यक्ष पदको लागि नेकपा निकट चलचित्र क्षेत्रका सल्लाहकार संयोजक दिनेश डिसी र नेकपाको जनसाँस्कृतिक संघको तर्फबाट अध्यक्ष खगेन्द्र राईले संयुक्त रुपमा नेकपामा केशब भट्टराईलाई अध्यक्ष बनाउन सिफारिस गरेका हुन् । नेकपा निकट नेताहरुले भट्टराईको नाम सिफरिस गरे लगतै सुचना तथा संचार मन्त्री गोकुल बास्कोटालाई जानकारी गराएका छन् ।

आउँदो आईतवारबाट प्रक्रिया अर्थात नियुक्तीबाट केशब भट्टराई अध्यक्ष बन्ने निश्चित जस्तै भएको स्रोतले बताएको छ । गत आइतबार संचार तथा सूचना प्रबिधि मन्त्रालयले विभिन्न विभाग तथा बोर्डहरुलाई प्रगति विवरण पेश गर्ने गरि चौमासिक बैठक बोलाएको थियो । उक्त बैठकमा मन्त्रालय अन्तर्गतको सबै बोर्ड तथा विभागीय प्रमूखहरु उपस्थित हुदाँ चलचित्र विकास बोर्डबाट अध्यक्ष निकिता पौडेल उपस्थित भएकी थिईनन् । त्यस लगतै मन्त्री गोकुल बास्कोटाले उपस्थित नहुनुको स्पष्टिकरण माग गरेका थिए । स्पष्टिकरण माग गरेपछि अध्यक्ष पौडेलले प्रगति प्रतिवेदन सहित आफ्नो राजिनामा पनि पेश गरेकी थिईन् । राजिनामा पत्र बुधवार (२३ माघ) मन्त्री गोकुल बास्कोटाले स्विकृत गरिसकेका छन् ।

अध्यक्ष निकिता पौडेलको राजिनामा स्विकृत भईसकेपछि बोर्ड अध्यक्ष विहीन भएको छ । खालि भएको अध्यक्ष पदको लागि केशब भट्टराईको नाम अग्रस्थानमा सिफारिस भएको हो । सिफारिसमा दिनेश डिसी र खगेन्द्रसँगै दयाराम दाहाल र केशब भट्टराई पनि उपस्थित भएका थिए । आईत​वार​बाट​ प्र​क्रिया शुरु भ​एर​ १५ दिन​ भित्र​ क्याबिनेट​ बैठ​कले​ नियुक्ती​ हुने बुझिएको छ​ । अब​को १५ दिन​ भित्र​ बोर्ड​ले केश​ब​ भ​ट्ट​राईलाई अध्य​क्ष्य​को रुप​मा पाउने निश्चित​ भ​एको छ​ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*