क्रिकेट खेलाडीको रोकिएको तलब सुविधा निकासा

२६ माघ २०७५, शनिबार २०:००

सिधाखबर / अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको २ वर्षदेखि रोकिएको तलब सुविधा एकमुष्ट निकासा गरेको छ । आईसीसीले राष्ट्रिय खेलकुद परिषद (राखेप)को खातामा १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ जम्मा गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।

राखेप सदस्यसचिव केशव कुमार विष्टको पहलमा खेलाडीको तलब बापतको रकम निकासा भएको हो। राखेपले ३ पटकसम्म तलब निकासा गर्न आईसीसीलाई ताकेता गरेको थियो। सुरुमा दुई किस्ता गरेर भुक्तानी गर्ने भनिए पनि आईसीसीले २ वर्षको एकमुष्ठ पठाएको छ।

हालै यूएईमा भएको एकदिवसीय र ट्वान्टी–२० शृङखला जितेर फर्किएपछि नेपाली खेलाडीले विमानस्थलमै लामो समयदेखि तलब नपाएकोमा गुनासो गरेका थिए। कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटासँगको सल्लाहमा राखेपले खेलाडीको वर्गीकरण पुन:मूल्यांकन गरी आईसीसीमा पठाएको थियो।

जस अनुसार २१ जना क्रिकेटरलाई ३ तहमा विभाजन गरिएको थियो। श्रेणी ‘क’ मा कप्तान पारस, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी छन्। उनीहरुले मासिक ३५ हजार रुपैयाँ तलब पाउँछन्। उनीहरुका लागि २ वर्षको ५८ लाख ८० हजार रुपैयाँ आईसीसीले निकासा गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*