यूएईमा मन्त्री पण्डितलाई प्रश्न : साइकलले पनि तेल खाँदो रहेछ, कस्तो साइकल हो मन्त्रीज्यू ?

२७ माघ २०७५, आईतवार १७:३९

-उमाकान्त पाण्डे

यूएई – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कतिपय सञ्चार माध्यमले आफू र सरकारलाई खुइल्याउन समाचार लेख्ने गरेको आरोप लगाउनुभयो । शुक्रबार यूएई आउनु भएका मन्त्री पण्डितले विषय नै नपाएका कतिपय सञ्चारमाध्यमले मन्त्रालयको पुरै खर्च जोडेर मन्त्रीले गरेको भन्दै सरकार र मन्त्रीलाई खुइल्याउन खोजेको आरोप लगाउनुभयो ।

शनिबार नेपाली दूतावास आबुधाबीमा आयोजित कार्यक्रममा सहभागी हुनु भएका मन्त्री पण्डितलाई यहाँ कार्यरत नेपाली नागरिकले व्यङ्यमिश्रित प्रश्न सोधेका थिए, ‘साइकलले पनि तेल खाँदो रहेछ, कस्तो साइकल हो मन्त्रीज्यू ?’ त्यसको जवाफस्वरुप मन्त्री पण्डितले आफ्नो निजी सवारी साधनको रुपमा आफूसँग साइकल अहिले पनि भएको  बताउनुभयो ।

मन्त्री पण्डित दुबईमा आइतबारबाट सुरु हुने सातौँ विश्व सरकार शिखर सम्मेलनमा सहभागी हुन ६ सदस्यीय टोलीसहित शुक्रबार राति युएई आउनुभएको हो । सम्मेलनमै सहभागी हुन लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली तथा सचिव महेन्द्र गुरागाईँ शनिबार राति यूएई आउनु भएको छ ।

-उज्यालो अनलाइन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*