बसाइँ आउनेलाई पाँच लाख

२८ माघ २०७५, सोमबार ०७:४६

काठमाडौं \अनेक विकल्प खोज्दै गाउँ छाड्नेहरू बढे। बस्ती पातलियो। टाढा–टाढा फाट्टफुट्ट मात्र रहन थाले घरहरू। जनशक्ति बाहिँरिँदै गएपछि न काम गर्ने मान्छे भेटिए, न कुनै उद्यम व्यवसाय गर्नेहरू बाँकी रहे। यस्तै स्थितिमा गाउँको विकास कसरी गर्ने होला ? त्यसैले तेह्रथुमको छथर गाउँपालिकाले लक्ष्य तय गर्यो १६ हजार ७ सय १५ जनसंख्यालाई ५ वर्षभित्र बढाएर २५ हजार पु्रयाउने। ‘तत्कालीन ६ गाविस गाभेर बनाइएको छथरका बस्तीहरू रितिँदै जान थालेपछि जुक्ति निकाल्यौं,’ गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले भने,‘बसाइँ आउनेलाई व्यवसाय गर्ने प्रस्तावनाका आधारमा १ लाखदेखि ५ लाख रुपैयाँसम्म अनुदान दिने।’

गाउँपालिकाले यो निर्णय गरेपछि बसाइँ आउने र अनुदान लिन चाहनेको निवेदन पर्न थालेका छन् भन्ने खबर कान्तिपुर दैनिकमा छ। ‘प्रारम्भिक चरणमा दर्जन परिवारबाट निवेदन आएको छ।’ उनले भने, ‘व्यवसायको प्रस्ताव मूल्यांकन गरेर अनुदान दिनेछौं।’ त्यसका लागि बसाइँ सरी आएको प्रमाणपत्रका आधारमा व्यवसायिक योजना पेश गर्नुपर्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*