सन्दीप लामिछानेलाई ‘ब्रेक थ्रु अवार्ड’

१५ फाल्गुन २०७५, बुधबार ०७:१९

काठमाडौं \  नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा ‘ब्रेकथु्र स्टारको अवार्ड जितेका छन् । सीपीएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्ड सन्दीपले हात पारेका हुन् । गत सिजन आईपिएलका लागि छनोट भएलगत्तै सन्दीप सिपिएल टिम सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्समा आबद्ध भएका थिए ।

पाँच हजार अमेरिकी डलरमा आबद्ध भएका सन्दीपले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा पाँच खेलमा सात विकेट लिन सफल भएका थिए । सन्दीप अहिले पाकिस्तान सुपरलिगका लागि युएईमा छन् । सन्दीपले अहिलेसम्म नौ विदेशी लिग खेलिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*