तेश्रो जनआन्दोलन गर्ने चेतावनी : कमल थापा

२१ फाल्गुन २०७५, मंगलवार २०:४१

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले आपुहरुको मागलाई वेवास्ता गरिए जन संघर्ष हुने चेतावनी दिएका छन् । राप्रपाले जारी राखेको मेचि–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा आज हेटौँडामा भएको सभामा बोल्दै अध्यक्ष थापाले आफुहरुको मागलाई वेवास्ता गरिए तेश्रो जनआन्दोलन गर्ने चेतावनी दिए ।

नेपाललाई सनातन हिन्दुराज्य बनाउने अभियानमा जनसमर्थन ठुलो रहेको भन्दै अध्यक्ष थापाले आफुहरुले सनातन हिन्दु राज्यको स्थापनाको लागि जस्तोसुकै आन्दोलन समेत गर्न तयार रहेको बताए । केपी ओलि नेतृत्वको सरकारले लोकतन्त्रको आडमा भ्रष्ट्रचारहरुलाई प्रश्रय दिएको भन्दै अध्यक्ष थापाले वाइडबढी, सुनकाण्डको विषयमा अहिलेसम्म कुनै तथ्य बाहिर नआउनु शंकाको विषय भएको बताए । सरकारले नेपाललाई विखण्डन गर्ने मानसिकता भएकाहरुलाई निस्तेज पार्न नसकेको भन्दै उनले यस्तै अवस्था आए देशमा ठुलो संकट आउने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*