कतारका पाठकहरु माझ सोविता,चर्चामा वराङ्गना

२३ फाल्गुन २०७५, बिहीबार ०९:३३

सिधाखबर \  वराङ्गना उपन्यास संगै अहिले चर्चामा रहेकी लेखिका तथा नायिका सोविता सिंखडाले कतारमा रहेका नेपाली साहित्य अनुरागीहरु संग साक्षत्कार एबं अन्तरक्रिया गरेकी छन । परम्परागत कार्यकमहरु भन्दा भिन्न,फुल, माला, खादा, आसन र भाषण रहित बिशुद्द साहित्यीक अन्तरक्रियामा सहभागी साहित्य अनुरागीहरुले उपन्यास लेखन र चलचित्रमा अभिनय गर्दाको भिन्नता,उपन्यासमा उठाइको पात्र र समुदाय, अध्यात्म, अभिनय र साहित्य लगायतका बिबिध बिषयमा सिंखडासंग जिज्ञासा राखेका थिए ।

अभिनेत्री एबं उपन्यासकार सिम्खडाले आफुले बच्चै देखि जुन समुदाय र पात्रको नजिक हुर्किएको हो उसैलाई उपन्यासको पात्र बनाएकैले वराङ्गना उपन्यास जिबन्त बनेको र आफुले पाठकहरुबाट धरैनै राम्रो प्रतिक्रियाहरु पाईरहेको बताइन । अहिले आफु पुर्णरुपमा साहित्य लेखन र अध्यनमा होमिएकोले अफर आएपनि अभिनयलाई केहि परै राखेको जानकारी गराईन । हुनत कथाको पात्रमा आफुलाई ढालेर गर्नुपर्नै र आफ्नो मौलिक स्वतन्त्रता नहुने भएपनि अभिनय मार्फत देश र समाजलाई राम्रो सन्देश दिन त सकिन्छ तर उनले अभिनयमा कथाको जन्जीरमा बांधिएर गर्नुपर्नै भन्दै लेखनमा खुल्ला आकाशमा उड्न पाइने भएकोले आफुलाई अहिले स्वतन्त्रताको मोहले तानेको उनले बताईन ।
ध्यान, योग र साधनामा समेत सक्रियउनले हेर्ने आंखा र सन्तुष्टि लिन सक्ने मन भए सारा जगतनै सुन्दर हुने भएकोले आफु धनआर्जन गर्ने भन्दा पनि सुखी र खुसी रहने मार्गतर्फ आफु लागेको भन्दै आफ्नो काम र कमाईबाट सन्तष्ट रहि तनाब र चिन्ताबाट मुक्त रहन सहभागी सबैसंग आग्रह गरिन ।  अन्तरक्रिया संगै राखिएको हस्ताक्षर कार्यकमले सहभागीमाथपउत्साहथपेको थियो , सहभागी सबैले सिंखडाको कृतीवराङ्गना लेखककै हस्ताक्षरमा पाउदा हर्ष लागेको बताए । कतारका नेपालीले आफनो उपन्यासलाई दिएको माया र पतिकृयाले आफुलाई थपउर्जा मिलेको सोविताले बताइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*