सालको पात टपरी भन्दै कुलेन्द्रले हेटौंडा तताउने

२७ फाल्गुन २०७५, सोमबार ०७:२३

सिधाखबर \ मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज अहिलेको चर्चित गीत सालको पातका गायक कुलेन्द्र विक र काउली बुढी (सन्ध्या बुढा) ले आफ्नो प्रस्तुती दिने भएका छन्, । मेला एक दिन थप भएको अबका दिनमा स्थानिय कलाकारहरुको प्रस्तुती रहने संघका उपाध्यक्ष तथा मनोरञ्जन समितिका संयोजक गणेश भेटुवालले बताए ।

kauli budiको लागि तस्बिर परिणाम

फागुन १८ गते सुरु भएको मेलामा आठौं दिन सम्म कारोबार २ करोड ७५ लाख बराबरको कारोबार भएको संघका सचिव तथा प्रवत्ता काव्यमणि अधिकारीले बताए । दर्शकको माग र चाहाना अनुसार मेला २९ गते सम्म हुने गरि एक दिन थप भएको संघका अध्यक्ष कृष्ण कटुवालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*