आज मेलाको समापन कार्यक्रम, तर मेला भने भोली सम्म हुने

२८ फाल्गुन २०७५, मंगलवार ०८:१७

सिधाखबर \ हेटौंडामा जारी मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेला आज औपचारिक कार्यक्रम गरि समापन हुने भएको छ । फागुन १६ गते देखि २६ गते सम्म भनिएको मेला मौसम र अन्य विविध कारणले १८ देखि २८ गते सम्म मेला गर्ने भनिएको थियो । सोही अनुरुप कार्यक्रम तयार गर्दा आज नै समापन कार्यक्रम गर्न लागिएको संघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीले बताए ।

आमन्त्रित प्रमुख अतिथि र अतिथिहरुलाई खबर भइसकेकोले समापन कार्यक्रम चाँही आजै गर्ने तयारी रहेको प्रवक्ता अधिकारीले बताए । दर्शकको माग र चाहना अनुरुप २९ गते अर्थात भोली एक दिन मेला सञ्चालन गरिने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*