कवि अनिता न्यौपानेको ‘फूलको विद्रोह’ विमोचन

२ चैत्र २०७५, शनिबार १८:१५

सिधाखबर \  मकवानपुरे कवि अनिता न्यौपानेले कविता संग्रह फूलको विद्रोह लिएर पाठक माझ आएकी छिन् । उनको कविता संग्रह शनिबार काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो । कविताकृतिको वरिष्ठ साहित्यकार तथा राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी (श्यामल) सहित साहित्यकार लक्ष्मण गाम्नागे, निमेष निखिल, ज्ञानु अधिकारी संयुक्त रुपमा विमोचन गरेका थिए । एक दशकभन्दा लामो समयदेखि मकवानपुरमा रहेर साहित्य सिर्जनामा क्रियाशिल न्यौपानेको फूलको विद्रोह पहिलो कृति हो । एकसय २१ पृष्ठ रहेको संग्रहमा ४५ वटा कविता रहेका छन् । साहित्य सङ्गम मकवानपुर र आँचल साहित्य कला पुञ्जको उपाध्यक्ष रहेकी न्यौपानको कविता संग्रह मञ्जरी पब्लिकेशनले प्रकाशित गरेको हो । मञ्जरी पब्लिकेशनका अध्यक्ष गाम्नागेको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार श्यामलले साहित्यले समाज बोल्नुपर्ने बताए । उनले साहित्यले समाजलाई सही मार्गमा हिँडाउनका लागि खबरदारी गर्नुपर्ने उल्लेख गरे ।

कविताकृति फूलको विद्रोहमाथि साहित्यकार निमेष निखिल र ज्ञानु अधिकारीले समिक्षा गरेका थिए । कृतिले देश, समाजमा भएका हरेक पक्षलाई काव्यिक रुपमा व्यक्त गर्न सफल रहेको अधिकारीले बताइने । उनले अधिकांश कविताले विशेषगरी नारी चेत बढी पाइएको बताए । यसै समिक्षक निखिलले कृति पठनिय र शसक्त रहेको बताए । उनले समाजका यावत कुरालाई सचेततापूर्वक कविता मार्फत कविले व्यक्त गरेकाले पाठकको रोजाइमा पर्ने उल्लेख गरे । कवि न्यौपानले यसपछि निबन्ध र उपन्यासको तयारी भइरहेको बताइन् । निबन्ध सङ्ग्रह अन्तिम तयारीमा रहेको र उपन्यास लेखनकै क्रममा रहेको उनले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*