गायक सन्दिप बिष्टको “खाडी” गीत सार्वजानिक

३ चैत्र २०७५, आईतवार ११:३६

नेपाली ¥याप गायन क्षेत्रमा कलम चलाएका गायक सन्दिप विष्टको शब्द तथा संगीतमा “खाडी” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा धन कमाउन खाडी मुलुकमा विदेसिएको नेपालीले पाएको दुःख, पिडा र कम्पनिको मालिकले गर्ने दुव्र्यवहारको भावनाहरुलाई गीतमा समेटिएको छ । गीतमा गायक ¥यापर मिस्टर डि र सन्दिप विष्टको आवाज रहेको छ ।

¥याप गायक सन्दिप विष्ट विगत १० वर्ष देखि संगीत क्षेत्रमा लाग्दै आउनु भएको छ । हेटौडाका बासिन्दा रहेका ¥यापर सन्दिप विष्टले आधा दर्जन भन्दा बढी गीत बजारमा ल्याएका छन् ।  गीतको भिडियोको छायांकन तथा सम्पादनमा सुमन तामाङको रहेको छ भने सुरज दाहालले निर्देशन गरेका छन्, । गीतको भिडियोमा गायक सन्दिप र अभिनेत्री शारदा गिरीको फिचरिङ रहेको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*