एन्टोनियो गुटेर्रेसद्धारा सामूहिक हत्याको भत्र्सना

१० चैत्र २०७५, आईतवार २१:३०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसद्धारा शनिबार बिहान मालीमा भएको १३४ जनाको सामूहिक हत्याको भत्र्सना गरेका छन् ।’ राष्ट्रसंघ महासचिवले मालीको एउटा ग्रामीण वस्तीलाई घेरा हाली एक बन्दूकधारी समूहले गरेको आक्रमणबाट महिला तथा बालबालिका सहित कम्तिमा १३४ जनाको हत्या गरिएको घटनाको घोर भर्त्सना गर्नुभएको छ,’ राष्ट्रसंघ प्रमुख गुटेर्रेसका सह–प्रवक्ता फारहन हकद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

अगोसागा पेउल गाँउलाई बन्दूकधारी ठूलो समूहले घेरा हाली गरेको आक्रमणमा कम्तिमा ५५ जना घाइते भएका थिए। उहाँले मृतकका परिवार तथा आपन्तजन, मालीका जनता तथा सरकारप्रति समवेदना व्यक्त गर्दै घटनामा घाइते हुने सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।’त्यस्तै, राष्ट्रसंघ प्रमुखले मालीका अधिकारीलाई मध्यमालीमा शान्ति तथा स्थायित्व ल्याउने प्रयासलाई दोब्बर गरेर अघि बढ्न आग्रह गरेका छन्। प्राप्त सूचना अनुसार बन्दूकधारीले मध्य मालीको मोप्ती क्षेत्रमा रहेको ओगासागुमा रहेका आदिवासी फुलानी समुदायमाथि जग्गा तथा सिँचाइका लागि भएको विवादमा आक्रमण हुने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*