गोल्डकप फाइनल : मकवानपुर ११ र दाफिन्स फुटबल क्लब भोली हुदैं

१५ चैत्र २०७५, शुक्रबार ११:२३

सिधाखबर \ दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकप फुटबलको उपाधिका लागि आयोजक मकवानपुर–११ र दाफिन्स फुटबल क्लब बीच प्रतिस्पर्धा हुने भएको छ । हेटौंडा–१० मा रहेको वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको दास्रो सेमिफाइनलमा थ्रीस्टार क्लबलाई टाइब्रेकरमा पराजित गर्दै दाफिन्स फाइनलमा पुगेको हो ।

यसअघि पहिलो सेमिफाइनलमा आयोजक मकवानपुर–११ ले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । प्रतियोगिताको फाइनल खेल यही १६ गते भोली शनिबार हुनेछ । प्रतियोगिताको विजेताले नगद आठलाख र उपविजेताले नगद चारलाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*