मकवानपुर ११ दफिन्सलाई हराउँदै गोल्डकप च्याम्पियन

१६ चैत्र २०७५, शनिबार २०:०२

सिधाखबर  \ हेटौंडामा सम्पन्न भुगर्भ सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्ड कपको फाईनलको उपाधी आयोजक रीगल हेटौंडा रीसोर्ट मकवानपुर ११ ले जितेको छ । बिदेशी डाफिन्स क्लबलाई मकवानपुरले २-१ गोल अन्तरले जितेको हो । उपाधीसङ्गै मकवानपुरले ८ लाख रुपैयाँ जितेको छ भने उपबिजेता डाफिन्सले ४ लाख रुपैयाँमा चित्त बुझाएको छ । मकवानपुरका तर्फबाट दुबै गोल योगेश गुरुङले पेनाल्टी मार्फत गरे । विपक्षीले डिबक्समा ह्यान्ड गरेपछि मकवानपुरले पेनाल्टीको अवसर पाएको थियोे । गुरुङले ८ औं र ८१औं मिनेटमा गोल गरेका थिए । डफिन्सका तर्फबाट यानिक योवानाले ५औं मिनेटमा गरेका थिए । म्यान अफ द म्याच मकवानपुरका हिसुब थपलिया भए । उनले १० हजार प्राप्त गरे । उत्कृष्ट गोलरक्षक मकवानपुरका अशोक बराल भए ।
यसै गरि प्रतियोगीताको सर्बोत्कृष्ट खेलाडी मकवानपुरका गोलरक्षक अशोक बराल भए । उनले ७५ हजार प्राप्त गरे ।  उत्कृष्ट मिल्डफिल्डर मकवानपुरका योगेश गुरुङ भए । उत्कृष्ट डिफेन्डर डाफिन्सका ओको बोटा भए । उत्कृष्ट फर्वार्ड मकवानपुरका रेजिन सुब्बा भए भने उत्कृष्ट कोच मकवानपुरका बिजयलाल श्रेष्ठ भए । उनिहरुले जनही २०/२० हजार प्राप्त गरे । बिजेता तथा उपबिजेताहरुलाई प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलगयतका अतिथिहरुले नगद, शिल्ड, प्रमाणपत्र बितरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*