अन्तरबार्ता हेरेर कलाकार भोलाराजलाई अमेरिकाबाट सुपेन्द्रको चिठी

१८ चैत्र २०७५, सोमबार २०:११

सिधाखबर / हिट हेटौंडा अनलाइन टिभीमा प्रसारित कलाकार  भोलाराज सापकोटाको अन्तरबार्ता हेरेर अमेरिका बाट सुपेन्द्र बस्नेतले   कलाकार सापकोटालाई पत्र पठाएका छन् । बस्नेत र सापकोटाले नेपालमा लामो समय सङै कलाकारिता गरेका थिए । बालपनको सम्झना साचेर बस्नेतले कलाकार सापकोटा लाई लेखेको पत्र यस्तो छ ।                                                     नमस्कार  ! जय नेपाल अमुल्य अन्तरवार्ता लिने र दिने दुबै जनालाई ! “कागजपत्र” प्रदर्शनकै मुखमा भाेलाराज साप्काेटाकाे अन्तरवार्ता सुन्न पाउदा आफुलाई निकै भाग्यमानी ठानेकाे छु । बढाे मेहनत गरेर अन्तरबार्ता लिई भाेलाराजलाई सुन्ने याे अमुल्य अवसर प्रदान गर्नु भएकाेमा मणिराज गाैतम ज्यूलाई हृदयदेखि नै कुइन्टल कुईन्टल धन्यबाद् दिन चाहन्छु ! हजुर मार्फत भाेलाराज साप्काेटा ज्यूलाई याे सन्देश पुगाेस् भन्ने अपेक्षा पनि गर्दछु ।
हजुर भाेलाराज साप्काेटा ज्यू …नमस्कार …! जय नेपाल ! सम्बाेधनमा आत्मीय संझेर “भाई” भन्न मन लागे पनि प्रगति ,उन्नति र चर्चाले शिखर चुमिरहेकाे अवस्थामा अपमान गरिएकाे ठानिएला कि भन्ने डरले “हजुर” नै भनेर सम्बाेधन गरे है हजुर… । सर्व प्रथम् हजुरकाे अभिनय क्षमताकाे उच्च कदर गर्दै कलाकारिता यात्राकाे दिर्घायू सहित सफताकाे कामना गर्दछु । कुन खालकाे आत्मीय ठान्याे याे मनले “भाेलाराज साप्काेटा” भन्ने नाम सुन्ने बित्तिकै सुन्दा,पढ्दा र अरुसंग गफ गर्दा गर्वले छाति ढक्क फुलाई बिनाशर्त घन्टाै नथाकी धारा प्रवाह प्रसंशा गर्न मन लाग्छ “भाेलाराज सापकाेटा” काे। भाेलाराजसंग सम्बन्धित समाचार वा अन्तरबार्ता भेटिने बित्तिकै जे सुकै बिते पनि त्यसलाई एकातिर पन्छाई पढ्न र सुन्न मन लाग्छ ।केही अगाडि हजुरकाे अन्तरवार्ता पढ्ने अवसर मिल्याे र फेरी मणिराज ज्यूबाट हजुरलाई सुन्ने साैभाग्य मिल्याे ।हिजाे फेरी कान्तिपुरमा पढ्न पाएँ भाेलाराजलाई । जब कान्तिपुरमा पढे भाेलाराजलाई, तब मन थाम्नै सकिन र म भित्र जन्मिएकाे एउटा गम्भिर प्रश्नकाे उत्तर पाउन र म भित्र रहेकाे दुविधा मेटाउन हजुरकाे नाममा यी शब्दहरु काेर्न बाध्य भए । रिसानी माफ हाेला है हजुर ….। खै किन हाे कुन्नी…. एउटा जिउदाे कलाकार झै लाग्छ “भाेलाराज” …! जब एक टक्क भएर हजुरका अन्तरवार्ता वा समाचारहरु पढ्दै सुन्दै गर्दा अभिनययात्राकाे जिल्लाबासिकाे जिउदाे साँझी भएर पनि मरे तुल्य हुन्छु र मन भित्र काैतुहलता नै काैतुहलताकाे सुनामी आउछ । जब पढ्ने र सुन्ने काम सकिन्छ तब मिष्ठान्न भाेजन धेरै खाएपछि अमिलाे डकार आए झै हुन्छ र फेरी आफै भित्र एउटा गम्भिर प्रश्न खडा हुन्छ ….के म पढ्न र सुन्न लालाहित भएकाे “भाेलाराज” यही त हाे वा संयाेगबस नाम मात्र मिल्न गएकाे हाे ? भन्ने ….। हरेक अन्तरवार्तामा अभिनय यात्राकाे सुभारम्भ बढाे रहस्यमय र काैतुहलतापुर्ण तरिकाले प्रारम्भ हुन्छ र अन्त्य फेरी रहस्यमय र काैतुहलतापुर्ण तरिकाले नै हुन्छ । धेरै प्राथमिकता दिए अनिष्ठ नै हुने झै गरी अभिनयकाे प्रारम्भका कुरा हरसम्भब डाेलमाेटलमा प्रस्तुत गरेर सकेसम्म छिटाे काठमाण्डाैं फालहान्न हताराे गरे झै लाग्छ ।किन हाे मैले आजसम्म बुझ्न नै सकिन । सायद ममा बुझ्ने क्षमताकाे कमि भएर पनि हुन सक्छ ….। वा प्रगति उन्नतिले पुराना यादहरुलाई थिचाेमिचाे वा बिस्थापित गरेका कारण हजुरलाई प्रारम्भिक अवस्थाकाे राम्राे याद नभएकाे हाे वा सुनाउन नचाहेर हाे मैले आजस्म बुझ्नै सकिन । ईच्छा भए पनि याद नभएर हाे भने संझना गराउन म सक्दाे सहयाेग गर्छु ..तर नचाहे रै हाे भने फेरी मेराे केही गुनासाे छैन /केही भन्नु छैन र अबदेखि उपरान्त त्यस्ता कुराकाे हजुरका समाचार तथा अन्तरवार्ताहरुमा पढ्न र सुन्न लालाहित हुदिन पनि । बस मलाई दया गरि यसकाे स्पष्ट उत्तर दिनु हुन दश औला जाेडि बिन्ति गर्दछु । जसले मलाई अन्याेलताबाट मुक्ति दिलाओस । रिसानी माफ हाेला है हजुर ….चर्चाकाे शिखरमा पुगेकाे मान्छेलाई औंला ठडायाे भनेर नमुर्मुरिनु हाेला नि …। सत्य त्याे हाेइन । म त हजुरकाे हरपल सफलताकाे कामना र त्यसकाे लागि प्रार्थना गर्ने मान्छे हाे । र गर्छु पनि । अति ब्यस्त त्याे जिवनमा अमुल्य समय लिएकाेमा माफि चाहन्छु ।आफ्नाे सम्झेर कतै मनकाे कुरा पाेख्दा गल्ति भएकाे भए अन्जान सम्झि माफी दिनु हाेला है हजुर.. । जय हाेस् भाेलाराजकाे ! जय हाेस् कलाकारिताकाे ! जय हाेस् नेपालकाे !  https://www.youtube.com/watch?v=ywQxhMiPqPg&t=36s

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*