बदला बैशाखमा प्रदर्शन हुने

२४ चैत्र २०७५, आईतवार ०९:१९

सिधाखबर \चलचित्र बदला आगामी बैशाख १३ मा प्रदर्शनमा आउने भएको छ । समिर मियाँले निर्देशन गरेको यो चलचित्रमा चन्द्रकान्त चौधरीको निर्माण, निरज कुमारको संगीत,गजेन्द्र गजुको लेखन, रामजी लामिछानेको नृत्य,राजेन्द्र चौधरीको द्धन्द रहेको छ ।

राजाराम शाह र सञ्जिव मण्डलको समेत लगानी रहेको यो चलचित्रमा नायक सविन श्रेष्ठ नम्रता योगी को मुख्य भुमिका रहेको बताईएको छ ।

चलचित्रमा चन्दु चौधरी,मन्जिला चौधरी,राजाराम शाह लगाएतको पनि अभिनय रहेको बताईएको छ ।

निर्देशक समिर मियां चलचित्र क्षेत्रमा एनिमेटरका रुपमा परिचितछन् ।

तर उनको परिचय चलचित्र निर्माता हुदै निर्देशक सम्म पुगेको छ । समिरले यस अघि निर्देशन गरेको चलचित्रहरु भेजपुरीमा बेटा हो त अईसन थियो भने नेपालीमा पहिलो हरहर चलचित्र साईना,भाग्य आफनो,बन्धन,कमला रहेकाछन् ।

उनले निर्माताको रुपमा पनिकाम गरेका छन । एनटिभी प्लसबाट प्रशारीत सानो पर्दाको चलचित्र जिन्दगानी,खेल,तातो न छारो,भोजपुरी चलचित्र प्रेमगीत र कोपीलामा पनि निर्माता रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*