च्याम्पियन्स लीग : टोटनह्यामले सिटीलाई हरायो

२७ चैत्र २०७५, बुधबार ०७:४७

काठमाडौं \ युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा टाेटनह्यामसँग म्यानचेस्टर सिटी स्तब्ध भएको छ। मंगलबार राति भएको खेलमा सिटीलाई पराजित गर्न सन हेङ मिनले खेलको अन्त तिर गरेको एकमात्र गोल निर्णायक बन्यो। माउरिसिओ पोचेटिनोको टोटनह्यामले घरेलु मैदानमा सुरुवातबाटै सिटीविरुद्ध निकै सानदार प्रदर्शन गर्यो। पहिलो हाफमा गोल रहित बराबरी भएको खेल दोस्रो हाफमा थप रोमाञ्चक रह्यो।

खेलको ७८ औँ मिनेटमा मिनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। त्यसपछि खेलमा सिटीले गोलका केहि प्रयासहरु गरेपनि सफल भएन्। प्रिमियर लिगमा उपाधि होडमा रहेको तथा लिग कपको उपाधि जितेको पेप गार्डिवलाको सिटीको सेमिफाइनल सम्भवना भने कायमै छ । त्यसका लागि उसले दोस्रो लेगमा टोटनह्यामलाई २–० ले पराजित गर्नु पर्ने  हुन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*