निजगढ गोल्डकप : पहिलो सेमिफाइनलमा नव जनजागृति बारा र वीरगंज भिड्दै

२७ चैत्र २०७५, बुधबार ०८:४८

बारा \ बाराको निजगढमा जारी पाँचौ निजगढ गोल्डकप फुटबल प्रतियोगितामा बुधबार पहिलो सेमिफाइनलको खेल हुँदैछ। फाइनल प्रवेशका लागि नव जनजागृति युवा क्लब सिमरा र वीरगंज युनाइटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।  खेल निजगढ–४ पुरानो निजगढस्थित कछडिया खेल मैदानमा दिउँसो २ बजेदेखि हुनेछ।

वीरगञ्ज हर्दि युवा समाज चितवनलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो। त्यस्तै, कमाने फुटबल एकेडेमी मकवानपुरलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पाखा लगाउँदै नव जनजागृति सेमिफाइनलमा प्रवेश गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*