नम्रताको नशामा यसरी डुबे सबिन

२७ चैत्र २०७५, बुधबार १४:००

सिधाखबर \ नेपाली चलचित्र क्षेत्रमा एनिमेशनको पाटोमा माहिर मानिने एनिमेटर समिर मियांले निर्देशन गरेको चलचित्र बदलाको गीत नेपालफिक्सको आधीकारीक युटयुब मार्फत सार्बजनिक गरीएको छ । आगामी बैसाख १३ गते देखी प्रर्दशनको लागी तयार रहेको यो चलचित्रमा समाबेश नशा यो नशा बोलको गीत सार्बजनिक गरीएको हो । सार्बजनिक गीतमा चलचित्रका मुख्य पात्र नायक सबिन श्रेष्ठ र नायीका नम्रता योगी फिचर रहेकाछन् । सार्बजनिक गीतमा सगींत निरज कुमार,शब्द गजेन्द्र गज्जुको रहेको छ भने गीतमा राजेशपाएल राई र अन्जु पन्तको रुवर रहेको छ ।

निर्देशक समिर मियां चलचित्र क्षेत्रमा एनिमेटरका रुपमा परिचितछन् । तर उनको परिचय चलचित्र निर्माता हुदै निर्देशक सम्म पुगेको छ । समिरले यस अघि निर्देशन गरेको चलचित्रहरु भेजपुरीमा बेटा हो त अईसन थियो भने नेपालीमा पहिलो हरहर चलचित्र साईना,भाग्य आफनो,बन्धन,कमला रहेकाछन् । उनले निर्माताको रुपमा पनिकाम गरेका छन । एनटिभी प्लसबाट प्रशारीत सानो पर्दाको चलचित्र जिन्दगानी,खेल,तातो न छारो,भोजपुरी चलचित्र प्रेमगीत र कोपीलामा पनि निर्माता रहेका थिए ।

बदलामा चन्द्रकान्त चौधरीको निर्माण, निरज कुमारको संगीत,गजेन्द्र गजुको लेखन, रामजी लामिछानेको नृत्य,राजेन्द्र चौधरीको द्धन्द रहेको छ । राजाराम शाह र सञ्जिव मण्डलको समेत लगानी रहेको चलचित्रमा सविन र नम्रता को अलावा चन्दु चौधरी,मन्जिला चौधरी,राजाराम शाह लगाएतको अभिनय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*