मन्त्री परिषदको बैठकले आज ६ वटा निर्णय गरे

२७ चैत्र २०७५, बुधबार १६:५९

सिधाखबर \ प्रदेश ३ को मन्त्री परिषदको बैठकले आज ६ वटा निर्णय गरेको छ । प्रदेश सरकारको बैठकले हिमाली तथा पहाडी जिल्लामा महिला तथा बाल स्वास्थ्य प्रवद्र्धनका लागि साना योजना कार्यक्रम अनुदान सम्बन्धी कार्यविधि २०७५ स्वीकृत गरेको छ । यसैगरी आजको मन्त्रीपरिषदको बैठकले मागमा आधारित योजना कार्यक्रम छनौट, कार्यन्वयन सम्बन्धी कार्यविधि २०७५ स्वीकृत गरेको प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ता कैलाश प्रसाद ढुंगेलले बताए ।

बारा र पर्सामा हावाहुरीका कारण पिडित परिवारलाई यसअघिको मन्त्री परिषद बैठकले गरेको निर्णय अनुसार नगद स्वरुप प्रदेश २ सरकारको खातामा एक करोड रुपैयाँ दिने निर्णय गरेको छ । यसैगरी नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन सम्बन्धी प्रदेश स्तरिय कार्यविधि स्वीकृत गरेको छ । प्रदेश जलचर संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रदेश सरकार मन्त्री परिषदको बैठकले स्वीकृत गरेको ढुंगेलले बताए । प्रदेश –३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बैठक बसेको हो । आजको मन्त्रीपरिषदको बैठकले प्रदेश रजिष्टारको नियुक्ति समेत गरेको छ । पत्रकार समेत रहेका रेवती सापकोटा प्रदेश रजिष्टारको रुपमा नियुक्ति भएका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*