सञ्चार रजिष्ट्रारमा पत्रकार रेवती सापकोटालाई नियुक्त

सिधाखबर \ प्रदेश ३ सरकारले प्रदेशको सञ्चार रजिष्ट्रारमा पत्रकार रेवती सापकोटालाई नियुक्त गरेको छ । बुधवार बिहान बसेको मन्त्रिपरिषदको बैठकले पत्रकार सापकोटालाई राजपत्रांकित प्रथम श्रेणीको सुबिधा पाउने गरी रजिष्टार नियुक्त गरेको हो ।
बिगत दुई दशकदेखि सक्रिय पत्रकारिता गरिरहेका सिन्धुपाल्चोक कुबिण्डे निवासी सापकोटा हाल अंग्रेजी दैनिक दि हिमालयन टाइम्समा कार्यरत छन् । प्रदेश ३ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलको प्रस्तावमा सापकोटा सो पदमा नियुक्त भएका हुन् ।