तरुण दल मनहरीमा स्वतन्त्रको नेतृत्व

२७ चैत्र २०७५, बुधबार १८:५४

मनहरी \ नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल मनहरी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उप्रेती चयन भएका छन् । बुधबार भएको भेलाले उप्रेतीको अध्यक्षतामा १३ सदस्यीय गाउँपालिका समिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा रघुनाथ वर्तौला, सचिव चन्द्रमणि पाठक, सहसचिव हरिशरण शिवाकोटी, कोषाध्यक्ष सीताराम स्याङ्तान चयन भएका छन् । त्यस्तै सदस्यमा पूर्णबहादुर थिङ, बिनाकुमारी लामा, मिलन थापामगर, गोविन्द लुईंटेल, राजकुमार स्याङ्तान, बीरबहादुर रुम्बा, सुरज धनबीर प्रजा र नकुल अर्याल रहेका छन् ।तरुण दल मकवानपुरका उपाध्यक्ष निराजन वर्तौलाको अध्यक्षतामा भएको भेलामा नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

नेपाली काँग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, जिल्ला सचिव बुद्ध लामा, प्रवक्ता प्रदिप कोइराला, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य नवराज सुबेदी, नवराज उप्रेती, भीमसेन महत, क्षेत्रीय सभापति लोकबहादुर मोक्तान, पार्टी महासमिति सदस्य टेकनाथ शिवाकोटी, पार्टी मनहरी गाउँपालिका सचिव प्रकाश वर्तौला, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, नेपाल विद्यार्थी संघ मकवानपुरका अध्यक्ष राजु खतिवडा, तरुण दल मकवानपुरका सचिव सचित थापा, सन्तोष सापकोटा, सहसचिव निरशंकर लामा, क्षेत्रीय अध्यक्ष ठाकुर तितुङ, जिल्ला सदस्य सुरज वर्तौलालगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*