हेटौंडाबाट पक्राउ परे विप्लवका मकवानपुरका इन्चार्ज ज्वाला

२९ चैत्र २०७५, शुक्रबार १०:२९

सिधाखबर \ नेकपा माओवादी विप्लब समुहका मकवानपुर इन्चार्ज वीरवहादुर घलान (ज्वाला)सहित २ जनालाई प्रहरीले विहीवार पक्राउ गरेको छ ।

हेटौडा उपमहानगरपालिका—८ फायरलाईनवाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले पक्राउ गरेको औपचारिक रुपमा सार्वजनिक गरेको छैन । यस अघि मकवानपुर प्रहरीले विप्लब समुहका कार्यकर्ता भएको आरोपमा चार जनालाई पक्राउ गरेर हिरासतमा राखेर विभिन्न मुद्दाहरु चलाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*