क्याम्पसको पुस्तकालयमा ताला लगाए

२९ चैत्र २०७५, शुक्रबार ११:४५

सिधाखबर \ नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पसको पुस्तकालयमामा ताला लगाएको छ । हिजो क्याम्पस सुधारका लागि २४ घण्टे अल्टिमेटम दिएकोमा क्याम्पस प्रशासनले वेवास्ता गरेको भन्दै संघले आज पहिलो चरणको आन्दोलन स्वरुण ताला लगाएको बताएको छ ।

नेवि संघका ३ नम्बर क्षत्रिय सभापति सुवास सापकोटा, मकवानपुर इकाई संयोजक सन्तोष चौंलागाई, उपाध्यक्ष मिलन पुडासनैनी लगाएतले क्याम्पसको पुस्तकालायमा ताला लगाएका हुन् । नेपाल विद्यार्थी संघका क्याम्पस संयोजक सन्तोष चौंलागाईले अझै पनि प्रशासनले चासो नदेखाए अझै कडा आन्दोलन गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*