निर्माण व्यवसायी संघमा श्रेष्ठ मनोनित

२९ चैत्र २०७५, शुक्रबार १४:०३

सिधाखबर \ निर्माण व्यवसायी संघ मकवानपुर कार्यसमिति सदस्यमा युवा व्यवसायी सञ्जय श्रेष्ठलाई मनोनित  गरिएको छ । संघको विहीबार बसेको बैठकले कार्यसमिति सदस्य पदमा युवा व्यवसायी तथा किसान कन्स्ट्रक्सनका सञ्चालक श्रेष्ठलाई मनोनित गरिएको हो ।

अध्यक्ष श्याम ढकालको अध्यक्षतामा बसेको बैठकले श्रेष्ठलाई कार्यसमिति पदमा मनोनित गर्नुका साथै नजिकिँदै गरेको नयाँ वर्षको सन्दर्भ पारेर चैत ३० गते बुधबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने निर्णय गरेको छ । सदस्य पदमा मनोनित भएसँगै प्रतिक्रिया दिँदै युवा व्यावसायी श्रेष्ठले आफूले संघले दिएको जिम्मेवारी पूर्णरुपमा पूरा गर्ने प्रतिबद्धता जनाए । उनी नेपाल तरुण दल ३ नम्बर क्षेत्रीय सभापति समेत हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*