नारायणी कलेजले गर्यो विदाई, पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान

२९ चैत्र २०७५, शुक्रबार १८:२८

सिधाखबर  \ हेटौँडामा रहेर उत्कृष्ट शैक्षिक सस्थाको पहिचान बनाएको नारायणी कलेजले आज कक्षा १२ को विद्यार्थीलाई विदाई गर्नुको साथै नयाँ वर्ष २०७६ सालको अवसरमा शुभकामना आदानप्रदान तथा सप्ताहब्यापी खेलकुदको अवसरमा विजयी भएकाहरुलाई पुरस्कृत गरिएको छ ।

आज कलेज परिषरमा भएको कार्यक्रमबिच पुरस्कृतहरुलाई प्रोफेस्नल एजुकेशन फाउण्डेसनका अध्यक्ष बद्रीनाथ शर्मा, क्याम्पसका प्रमुख रघुनाथ खराल सहितको टिमले पुरस्कार प्रदान गरेका हुन् ।

कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई अबिर लगाएर विदाई गरिएको थियो भने विद्यार्थीहरुले सांगेतिक प्रस्तुत समेत दिएका थिए । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख खरालले क्याम्पसले विद्यार्थीहरुको अझ गुणस्तरीय शिक्षा प्रदानको लागि मेहनत गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*