मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

२ बैशाख २०७६, सोमबार १०:३४

मकवानपुर \ मकवानपुरमा आइतबार राति भएको ३ वटा सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्र्तगत मनहरी गाउपालिका ७ मा पोखराबाट  विरगंजतर्फ जाँदै गरेको ग १ ख ७६२६ नम्बरको बसले पैदलयात्री अन्दाजी ६५ बर्षीय एक बृद्धलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै, पुर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी गाउँपालिकाको खरङ्गामा मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको  ना १ ज  ४८६७ नम्बरको सुमो र को ३४ प ५४९७ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक मोरङका ३१ बर्षीय रविन्द्र कुमार पोदारको घटनास्थलमै मृत्यु छ । सुमोमा सवार ११ जना  र मोटरसाइकलमा सवार १ जना गरी १२ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको हेटौँडास्थित चुरेहिल अस्पताल र ३ जनाको चितवन भरतपुरमा उपचार भईरहेको छ ।

कान्तिलोकपथ अन्र्तगत मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा रोकिराखेको ना८ख ४३२६ नम्बरको टिपरसंग ना३२प १८४९ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक गढीगाउँपालिका धरमपानीका अन्दाजी बर्ष ३५ को गोविन्द बोम्जनको मुत्यु भएको छ । उनको उपचारका क्रममा चितवनमा मृत्यु भएको हो । तीन वटै दुर्घटनाका ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*