किंग्स इलाभेन पञ्जाव विजयी

४ बैशाख २०७६, बुधबार ०७:५९

unn.prixa.net

काठमाडौं \ आईपीएल क्रिकेटमा किंग्स इलाभेन पञ्जाव विजयी भएको छ । मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १२ रनले पराजित गर्दै पञ्जाव १० अंकसहित तालिकाको चौथो स्थानमा छ । १८२ रनको लक्ष्य पछ्याएको राजस्थान निर्धारित ओभरमा ७ विकेट गुमाएर १७० रनमा रोकिएको थियो ।

राजस्थानका लागि राहुल त्रिपाठीले सर्वाधिक ४५ रन बनाए पनि हार टार्न सकेनन् । पञ्जावका अर्सदीप सिंह रविचन्द्र आश्विन र मोहम्मद सामीले दुई–दुई विकेट लिएका थिए । पहिला ब्याटिङ गरेको पञ्जावका लागि केएल राहुलले ५२ रन बनाउँदा डेभिड मिलरले ४० रन जोडेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*