प्रहरी समात्न आएपछि पूर्वराष्ट्रपतिले गरे आत्महत्या

५ बैशाख २०७६, बिहीबार १३:००

एजेन्सी \ भ्रष्टाचार आरोप लागेका पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले गोली हानी आत्महत्या गरेका छन् । पक्राउ गर्न प्रहरीहरु निवासमा आएपछि उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको बीबीसीले जनाएको छ ।

प्रहरी घरमा आएपछि उनी फोन गर्न भन्दै अर्को कोठामा गएका थिए । त्यसपछि उनले ढोका बन्द गरे । उनी रहेको कोठाभित्र गोली चलेको आवाज सुनियो । प्रहरीले ढोका खोलेर हेर्दा उनी कुर्सीमा बसिरहेका थिए र टाउकोमा गोली लागेको घाउ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*