राजस्थान विजयी, कोलकत्ताको लगातार छैटौँ हार

१३ बैशाख २०७६, शुक्रबार ०६:४५

आइपिएल अन्तर्गत राजस्थान रोयल्सले कोलकोता नाइटराइडर्सलाई ३ विकेटले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले दिएको १७६ रन्को लक्ष्य पछाएको राजस्थानले १९।२ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

राजस्थानलाई महत्वपूर्ण जित दिलाउने क्रममा १७ बर्षिय खेलाडी रियान परागले सर्वाधिक ४७ रन बनाएका थिए । परागले ३१ बलमा आक्रामक ४७ रन बनाएका थिए । त्यस्तै राजस्थानका लागि जोफ्रा आर्चरले अविजित रहदै १२ बलमा २७ रन बनाएर राजस्थानलाई जित दिलाएका थिए । आर्चरले १२ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए ।राजस्थानका लागि आजिख्य रहानेले ३४, संजु सामसनले २२, श्रेयस गोपालले १८ तथा बेन स्टोक र स्टुअर्ट बिन्नीले ११-११ रन बनाएका थिए ।

त्यस्तै कोलकोताका बलर पियुष चावलाले सर्वाधिक ३ विकेट लिए भने सुनिल नारनले २ विकेट लिए । त्यस्तै प्रसिद कृष्ण र आन्द्रे रसेलले एक एक विकेट लिए ।यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ६ विकेट गुमाउदै १७५ रन बनाएको थियो । कोलकोताका लागि दिनेश कार्तिकले आक्रामक पारी खेल्दै ९७ रन बनाएका थिए । कार्तिकले ५० बलमा ७ चौका र ९ छक्का प्रहार गर्दै ९७ रन बनाएका हुन् ।

कोलकोताका लागि नितिस रानाले २१ रन बनाए भने शुभम गील र आन्द्रे रसेलले १४-१४ रन बनाएका थिए । त्यस्तै सुनिल नारनले ११ रन बनाए । कोलकोताले अन्तिम १६ बलमा ४४ रन बनाएको थियो । पहिलो १० ओभरमा केबल ४९ रन बनाएको कोलकोताले पछिल्लो १० ओभरमा १२६ रन बनाएको थियो । राजस्थानका बलर बरुण एरोनले २ विकेट लिए भने श्रेयस गोपाल, जयदेव उनादकट र ओशाने थोमसले एक एक विकेट लिएका थिए ।

प्रतियोगितामा यो जितसँगै राजस्थान रोयल्सले अहिलेसम्म खेलेका ११ खेलमा ४ खेलमा जित हासिल गरेको छ भने ७ खेलमा हार बेहोरेको छ । त्यस्तै कोलकोताले पनि अहिलेसम्म ११ खेलमा ४ जित र ७ हार बेहोरेको छ । आइपिएलको अंक तालिकामा अहिले राजस्थान, कोलकोता र बैंगलोरले ११ खेलमा ४ खेलमा जित र ७ खेलमा हार बेहोरेर अंकतालिकाको पुछारमा रहेका छन् । कोलकोताले अहिलेसम्म खेलेका १० खेलमा ४ खेलमा जित हासिल गरेको छ भने राजस्थानले केवल ३ खेलमा जित हासिल गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*