इतिहासकै कमजाेर र डरपाेक सभामुख : सभापति देउवा

२५ बैशाख २०७६, बुधबार १७:३२

काठमाण्डाै \ प्रमुख प्रतिपक्ष दल नेपाली का‌ंग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरालाई इतिहासकै सबैभन्दा कमजोर सभामुखको संज्ञा दिनु भएको छ ।  कांग्रेस सभापति देउवाले मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले बोलेको गैर संसदीय भाषालाई हटाउन गर्न आफ्नो पार्टीले पटक पटक आग्रह गर्दा पनि सभामुख महराले डराएर हटाउन गर्न नसकेको दाबी पनि गर्नुभयो ।

‘नेपालको संसदीय इतिहासमा यति कमजोर, यति डरपोक र काँतर सभामुख आफूले कहिल्यै नदेखेको’ सभापति देउवाको दावी छ । मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको पुरक प्रश्नलाई प्रधानमन्त्री ओलीले ‘निम्छरो’ भनेपछि का‌ंग्रेसले आपत्ति जनाउँदै सभामुख महरालाई त्याे शब्द संसदको रेकर्डबाट हटाउन माग गरेको थियो ।

सभापति देउवाले आफ्नो पार्टीको मागअनुसार गैरसंसदीय शब्द संसदको रेकर्डबाट नहटाएको भन्दै सभामुख महराप्रति आक्रोश पनि व्यक्त गर्नुभयो । ‘धेरै सभामुख भए,’ बुधबार काठमाण्डौमा आयोजित पार्टीको राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति देउवाले भन्नुभयो, ‘तर सभामुख महराले प्रधानमन्त्रीले बोलेको त्याे गैरसंसदीय भाषा हटाउन नसकेर निरिहता प्रकट गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*