झण्डै साढे ५ लाख लिटर पानी अट्ने ट्यांकी सञ्चालनमा

३१ बैशाख २०७६, मंगलवार १२:००

सिधाखबर \ मकवानपुरगढी गाउँपालिका वडा २ धरमपानीमा ५ लाख २० हजार लिटर पानी अट्ने ट्यांकी निर्माण भइ सञ्चालनमा आएको छ । सिँचाईको लागि भनेर स्थानियको श्रमदान र पालिकाको बजेटबाट निर्माण भएको हो ।

ट्यांकी निर्माणमा तत्कालिन जिविसबाट ३ लाख खाडल खन्न र जग निर्माण गर्न बजेट आएको थियो । वडा २ कार्यालयबाट ७ लाख, गाउँपालिकाबाट १० लाख बजेट आएर ट्यांकी निर्माण भएको हो । त्यसैगरि स्थानिय उपभोक्ताबाट ४ लाख ७५ हजार गरि २४ लाख ७५ हजार लागतमा निर्माण सम्पन्न भएको वडा २ का वडा अध्यक्ष बखान सिं पाख्रिनले बताए । आपँखोला जलदेवी सिँचाई समूह गठन गरि उक्त ट्यांकी निर्माण गरिएको अध्यक्ष पाख्रीनले बताए ।

उक्त ट्यांकीमा ५ लाख २० हजार लिटर पानी अट्ने क्षमताको निर्माण गरिएको जनाइएको छ । ६५ घरधुरी उक्त सिँचाई योजनाबाट लाभान्वित भएका छन्, । ६५ घरधुरीले आलोपालो गरि सिँचाई गरि रोपाई गर्ने, विभिन्न समयमा लगाईने खेतिलाई सिँचाई गर्ने गरेको उपभोक्ता समितिका अध्यक्ष हरिबहादुर बुढाथोकीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*