मन्त्री बाँस्कोटाको कार्यक्रम प्रेस युनियनले बहिस्कार गर्ने

३१ बैशाख २०७६, मंगलवार १२:२२

सिधाखबर \ नेपाल प्रेस युनियन मकवानपुरले सुचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ । आज हेटौंडामा कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । युनियनको केन्द्रीय सर्कुलर अनुसार प्रेस युनियनले आज हेटौंडामा हुने दुईवटा कार्यक्रम बहिस्कार गर्ने युनियनका अध्यक्ष कुमार अधिकारी पोष्टराजले बताए ।

नेपाल सरकारले संससमा दर्ता गराएको मिडिया काउन्सिल विद्येयक र संसदमा ल्याउने तयारी गरेको आमसञ्चार विद्येयकका विरुद्धमा मन्त्री बाँस्कोटाको कार्यक्रम बहिस्कार गर्ने निर्णयगरिएको अध्यक्ष अधिकारीले बताए । मन्त्री बाँस्कोटा आज प्रदेश ३को राजधानी हेटौंडामा डाटा सेन्टरको उद्घाटन गर्न हेटौंडामा आउदैंछन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*