प्रेस युनियन मकवानपुरले बुझायो ज्ञापनपत्र

३१ बैशाख २०७६, मंगलवार १२:४०

सिधाखबर \ नेपाल प्रेस युनियन मकवानपुरले जिल्ला प्रशासन कार्यालय मार्फत सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ । युनियनको केन्द्रीय सर्कुलर अनुसार देशैभरका शाखाहरुले आज ज्ञापन पत्र बुझाएको हो ।

प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी (पोष्टराज)ले सहायक प्रजिअ चिरन्जीवी शर्मालाई ज्ञापनपत्र बुझाएका थिए । पत्र बुझेपछि शर्माले आफ्ले सकुसल सम्बन्धित व्यक्ती कहाँ पुराउने बचन दिएका थिए ।

नेपाल सरकारले संससमा दर्ता गराएको मिडिया काउन्सिल विद्येयक र संसदमा ल्याउने तयारी गरेको आमसञ्चार विद्येयकका विरुद्धमा सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको युनियनका अध्यक्ष अधिकारीले बताए ।

आजै प्रेस युनियन मकवानपुरले सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ । मन्त्री बाँस्कोटा आज प्रदेश ३ को राजधानी हेटौंडामा डाटा सेन्टरको उद्घाटन गर्न हेटौंडामा आउदैंछन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*