मिडियामा विदेशी लगानी बन्द गर्छौ : मन्त्री बाँस्कोटा

३१ बैशाख २०७६, मंगलवार १९:३१

-श्रीराम अर्जुन

सिधाखबर \ संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपालमा मिडियामा हुने विदेशी लगानी बन्द गर्ने बताएका छन्, । आज हेटौंडामा डिजास्टर रिकभरि केन्द्रको उद्घाटन पश्चात उनले उक्त अभिव्यक्ती दिएका हुन्, । तरकारीको कारोबार जस्तो होइन मिडिया त्यसैले विदेशी लगानी बन्द गर्ने सरकार तयारी रहेको जनाएका हुन । राष्ट्रिय सुचना प्रविधि केन्द्र, डिजास्टर रिकभरि केन्दको भवन उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले देशको आर्थिक सामाजिक परिवर्तनको मेरुदण्ड नै डाटा सेन्टर रहेको बताए ।

सिंहदरवारमा मात्र रहेको डाटा सेन्टर अब हेटौंडामा पनि रहेकोले अब सहज हुने उनले बताए । यस्तै प्रकृतिका कोहलपुर र इटहरीमा पनि सञ्चालन हुने बताए । काठमाडौंमा पनि थप सञ्चालन हुने भएकाले डिपिआरको काम भइरहेको बताए ।

उनले प्रेस स्वतन्त्रताको कुरा गर्दै सबै पत्रकारहरुलाई नेपालमा पूर्ण प्रेस स्वतन्त्रतता रहेका बताए । अन्य मुलुकमा स्वतन्त्रतता मात्र छ तर नेपालमा पूर्ण रुपमा स्वतन्त्रतता रहेको बताए । पहिलाको भन्दा प्रेस स्वतन्तता सुरक्षित र गर्भिलो रहेको बताए । उनले मिडिया हाउस आर्थिक रुपले जग बलियो हुनुपर्ने र पत्रकारले काम गरे पछि ज्याला पाउनु पर्ने बताए । उनले पत्रकारलाई कागले कान लग्यो भन्दैमा कागको पछाडी नदर्गुन आग्रह गरे । भ्रमको खेति गर्नु राम्रो होइन्, र त्यो टिक्दैन पनि भन्दै पत्रकारलाई जे सत्य हो त्यहि लेख्न आग्रह गरे । संसदमा पेश भएको भनिएको प्रेस सम्बन्धी विद्येयक विषयमा मन्त्री बाँस्कोटाले पेश नभएको र छलफलको लागि तयार गरिएको बताए । अन्य राष्ट्रहरुको संचारप्रणाली र नीति हेरेर छलफल गरि नीति तयार पारी कानुन बनाउने बताए ।

बालुवाटारको जग्गा प्रकरणको विषयमा बोल्दै मन्त्री बाँस्कोटाले नेपाल सरकारले छानमिन समिति तयार पारेर अनुसन्धान गरि मिडियामा सार्वजानिक गरिएको बताए । केहि सञ्चारमाध्यमले खोजी पत्रकारिताले गरेको भनि हल्ला गरेता पनि खोजी पत्रकारले गरेको होइन सरकारले गरेको बताए । उनले जुनसुकै कानुन बनाउँदा सरकारले सत्ता वा पद हेरेर होइन लोकतन्त्रमा रहेर कानुन बनाउने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*