विद्येयक विरुद्ध अन्तरक्रिया

१ जेष्ठ २०७६, बुधबार १६:४५

सिधाखबर \ नेपाल प्रेस युनियन मकवानपुरले प्रेस तथा अभिव्यक्ती स्वतन्त्रता विरोधी विद्येयक विरुद्ध अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघको हलमा भएको कार्यक्रममा मकवानपुरका सञ्चारकर्मीहरु संग छलफल गरिएको थियो ।

युनियनको मध्यमाञ्चल संयोजक राममणि दाहालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा महासंघका प्रदेश ३ का महासचिव कृष्ण सारु, महासंघका अध्यक्ष हरि हुमागाई, पूर्व अध्यक्ष भानुभक्त आचार्य, नवराज शर्मा, कौशल पाण्डे लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रम युनियनका अध्यक्ष कुमार अधिकारी (पोष्टराज)को अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*