स्थापना दिवसमा २६ जनाले गरे रक्तदान

१ जेष्ठ २०७६, बुधबार १७:१०

सिधाखबर \ युवा संघ नेपालको २९ औं स्थापना दिवसमा युवा संघ नेपाल मकवानपुरले आज हेटौंडामा रक्तदान कार्यक्रम गरेको छ । नेकपाको केन्द्रीय सदस्य केदार प्रसाद न्यौपानेको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा नेकपाका नेताहरु रामेश्वर राना, बद्री प्रसाद लम्साल, श्रीधर पोखरेल, सुनिल मोक्तान लगायतकाको उपस्थिती रहेको थियो । कार्यक्रम युवा संघ नेपाल मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*