क्यानडामाथि फिलिपिन्सको दबाब

२ जेष्ठ २०७६, बिहीबार १५:५८

एजेन्सी \ फिलिपिन्सले आफ्नो देशमा क्यानडाले ६ बर्षदेखी थुपारेको फोहोर फिर्ता नलगेपछि थप दबाब दिएको छ। फिलिपिन्सले क्यानाडास्थित आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ भने कुटनीतिक नियोगको दर्जा कटौती गर्ने निर्णय गरेको छ। फिलिपिन्सका विदेश सचिव टिओडोरो लोक्सीनले क्यानाडाले फोहोर फिर्ता लैजानुपर्ने समयसिमा मे १५ अर्थात हिजो नै सकिएको भन्दै राजदूतलाई तत्काल क्यानाडा छाड्न आदेश दिइएको बताउनुभयो।

मनिलास्थित क्यानाडेली राजदूतावासले उक्त विषय सुल्झाउन काम गरिरहेको जनाएको   छ। क्यानाडाले सन् २०१३ र २०१४ को अवधिमा १ सय ३ कन्टेनर फोहोर फिलिपिन्स पठाएको थियो। हालसम्म ३४ वटा कन्टेनरको फोहोर मात्र नष्ट गरिएको र बाँकी ६९ कन्टेनर फोहोर त्यतिकै राखिएको छ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले क्यानाडाले फोहोर तह लगाउने सन्दर्भमा पर्याप्त कदम नचालेको भन्दै ती कन्टेनर क्यानाडा फिर्ता लैजान मे १५ को समयसीमा तोक्नुभएको थियो। फिलिपिन्सको एक अदालतले पनि गत अप्रिल २४ मा फोहोर क्यानाडा नै फर्काउन आदेश दिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*