मतदानको मिति तोक्नका लागि संसदमा माग

२ जेष्ठ २०७६, बिहीबार १६:४३

मकवानपुर \ प्रदेश ३ को स्थायी राजधानी तोक्ने सम्बन्धी कार्यविधिमाथि प्रदेश सभामा आज छलफल गरिएको छ । नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँलले राजधानी तोक्ने कार्यविधि सम्बन्धी सभामा छलफल गर्नका लागि प्रस्ताव पेस गरेका थिए ।

उक्त विद्येयक माथी छलफलमा सहभागी सांसदहरुले प्रदेशको स्थायी राजधानीका लागि मतदानको मिति यथाशिघ्र तोक्नका लागि माग गरेका थिए । विवेकशील पार्टीका सांसद रमेश पौड्यालले राजधानीको कार्यविधि स्पष्ट ढंगले नआएको बताए । कांग्रेसका सांसद प्रभा तामाङले प्रदेशको स्थायी राजधानी मात्र नभई नामाकरणको कार्यविधि पनि प्रदेशसभा ल्याउनुपर्ने बताइन् ।

सभामा नेकपाका सांसद रत्नप्रसाद ढकालले स्थायी राजधानीका लागि पाँच जिल्लामा मतदान गर्दा राजधानी तोकिनेमा विस्वस्त नभएको बताए । स्थायी राजधानीका लागि दुईतिहाई प्रदेश सभा सदस्यले मतदान गर्नुपर्ने भएकाले धेरैतिर मतदान गर्दा राजधानी तोक्न समस्या हुने बताए । मकवानपुरका नेकपाका सांसद प्रेमबहादुर पुलामीले राजधानीसँगै नामाकरण पनि टुङ्गो लगाउनुपर्ने बताए । राजधानी र नामाकरणको विषयमा छलफल गर्नका लागि उनले आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*