हेटौंडामा साकोस जोखिम विश्लेषण कार्यशाला

२ जेष्ठ २०७६, बिहीबार १६:५७

सिधाखबर \ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को आयोजनामा आज हेटौंडामा एक दिने साकोस जोखिम विश्लेषण कार्यशाला कार्यक्रम भएको छ ।

हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतको प्रमुख अतिथ्यतामा भएको कार्यशाला नेफ्स्कुनका महासचिव चन्द्र प्रसाद ढकालको अध्यक्षतामा भएको थियो ।

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभागको सहयोगमा नेफ्स्कुनमा आवद्धता भएको सहकारी संस्था र अन्य साकोस संस्थालाई जोखिम विश्लेषण विषयमा कार्यशाला गरिएको नेफ्स्कुन मकवानपुर फिल्ड कार्यालयका ईन्चार्ज ज्योती महतले बताईन्, ।

विभिन्न सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापकको सहभागितामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा ७२ जनाको सहभागिता रहेको थियो । कार्यशालामा नेफ्स्कुनका कार्यक्रम अधिकृत सुरज चालिसे र विभाग प्रमुख राधेश्याम श्रेष्ठले सहजिकरण गरेका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बद्री प्रसाद लम्साल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राधा सिन्तान, नेफ्स्कुनको मकवानपुर फिल्ड उपसमितिका सदस्य बिरेन्द्रप्रसाद ढुङ्गाना,राजु गौतम, कल्पना श्रेष्ठ, विष्णुमाया लामा लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*